दफा २१४
थप सजाय हुने

(१) दफा २११ बमोजिम अपहरण गरी दफा २१२ बमोजिम शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एकलाखदेखि एक लाख पचास हजार रुपैयाँंसम्म जरिबाना हुनेछ ।
(२) कसैले अपहरण गरी वा शरीर बन्धक लिई यस संहिता वाकानून बमोजिम कसूर मानिने अन्य कुनै काम गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापतको सजायमा उपदफा (१)बमोजिमको सजाय थप हुनेछ ।
(३) दफा २११ र २१२ को कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजायहुनेछ ।